बिहिबार, बैशाख १३, २०८१

बार अध्यक्षमा केसीको अग्रता, भोली ९ बजेसम्मका लागि मतगणना स्थगित

काठमाडौ चैत २३, नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गर्नुभएको छ ।  निर्वाचन समितिका अनुसार आज गणना भएको १४०४ अध्यक्षका प्रत्यासीहरुमध्ये केसीले नेपाल-बार-एसोसिएसन-300x219७५१ मत ,प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले ६ मत प्राप्त गर्नुभएको छ ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि गत चैत २० गते सम्पन्न निर्वाचनको मतपेटिका काठमाडौ आइ पुगेपछि नेपाल बार एसोसिएसनको हलमा बिहान ९ बजेपछि मतगणनामा सुरु गरिएको थियो भने मतदानमा कुल ९ हजार ५२२ मध्ये ७ हजार ८४५ मत खसेको र बाँकी मतगणनामा बुधबार बिहान ९ बजेसम्मका लागि मतगणना स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।