शनिबार, बैशाख ८, २०८१

बजेट अधिवेशनलाई प्रभावकारी बनाउन सर्वदलीय बैठक

सरकार अझै  पुनःनिर्माणलाई ओझेल तुल्याउँनेमा लागि परेको काँग्रेस सभापति देउवाको आरोप

काठमाडौ बैशाख १८, आसन्न बजेट अधिवेशनलाई प्रभावकारी बनाउँन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा बोलाउनुभएका व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुको बैठकमा सहभागी दलका नेताहरुले भकम्पपछिको पुनःनिर्माण वर्षा अगावै सक्ने र मधेस समस्याका विषयमा संयुक्त गठबन्धनले उठाएका जायज माग सम्बोधन गरेर अघि बढ्न सुझाव दिएका छन । पुनःनिर्माण प्राधिकरणले प्रभावकारी काम गर्न नसक्दा यस वर्षको वर्षात्मा पनि पीडितले ओत नपाउने सङ्केत देखिएको भन्दै नेताहरुले यस्तो सुझाव दिएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले पुनःनिर्माणका लागि जम्मा भएको सहयोग परिचालन गरेर क्षति भएका संरचना बनाउन पर्नेमा सरकार अझै स्वयम्सेवक परिचालनको रट लगाएर पुनःनिर्माणलाई ओझेलमा पार्ने काम गर्नेतर्फनै केन्द्रीत भएको बताउँनु भएको छ ।