शनिबार, बैशाख ८, २०८१

प्रहरी, आर्मी ,सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ सेमिफाइनलमा

धाइजन बैशाख ३, झापाको दुहागढी ६ धाइजनमोडमा विहीवारबाट सुरु भएको तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगिता बाट चार वटा टीम सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ सेमिफाइनलमा प्रवेश गरेका हुन् । अहिलेसम्म आर्मीले लिग चरणमा ६ अंक प्राप्त गरेको छ । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले ६९६ अंक प्राप्त गरेका छन् भने IMG_7153_[50%][1] IMG_7185[1]पश्चिमाञ्चल ५ अंक तालिकामा रहेको मुख्य प्रशिक्षक सुधेशकुमार रिमालले बताए । दोश्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी र जाउलनखेल क्लबबीच भएको खेलमा २६-२४, २५-२१ र २५-१६ अंक ल्याएर नेपाल प्रहरी विजयी भएको छ । उक्त खेलमा म्यान अफ दि म्याच नेपाल प्रहरीका इम राना घोषित भए ।

पूर्वाञ्चल र पश्चिमाञ्चल भलिवल संघबीचको दोश्रो खेलमा पश्चिमाञ्चलले विजयी बन्यो । २५-१८, २५-९, १२-२५, २३-२५ र १५-१० अंक ल्याएर पश्चिमाञ्चल विजयी बनेको हो । उक्त खेलमा पश्चिमाञ्चलका रोहित म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी ढोरपाटन र सशस्त्रबीच भएको तेश्रो खेलमा २५-१३, २५-१२ र २५-१९ अंक ल्याएर सशस्त्र प्रहरी बिजयी भएको छ । उक्त खेलमा सशस्त्रका पुष्ष्पजंग मल्ल म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी आर्मी र मध्यमाञ्चलबीचको चौथो खेलमा २५-१२, २५-१४ र २५-२१ अंक ल्याएर आर्मी विजयी भएको छ । म्यान अफ दि म्याच भक्तबहादुर श्रेष्ठ घोषित भए ।    त्यस्तै एपीएफ र जाउलाखेलबीच भएको पाचौं खेलमा २५-११, २५-१५ र २५-२३ अंक ल्याएर एपीएफ विजयी भएको छ । उक्त खेलमा निरन मल्ल म्यान अफ दि म्याच घोषित भए ।  छैठौं खेलमा आर्मीले हत्याएको छ । पूर्वाञ्चल र त्रिभूवन आर्मी क्बलबीचको २५९१२, १५९१२ र २५९२० अंक ल्याएर आर्मी विजयी भएको हो । खेलमा धनबहादुर भट्ट म्यान अफ दि म्याच घोषित भए ।  मफोसलमा पहिलो तथा सर्वाधिक पुरस्कार ३ लाख १५ हजार तथा सिल्ड टफि, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएकोछ ।

-प्रकाश उप्रेती