शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासंघद्दारा ज्येष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ

१६ जना ज्येष्ठ पत्रकार सम्मानित

काठमाडौ वैशाख १७, नेपाल पत्रकार महासङ्घले आज १६ जना ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार सम्मानवृत्ति’ प्रदान गरी सम्मानवृत्ति प्रदान गर्ने कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको छ ।

20160429_092613 20160429_102431६५ वर्ष उमेर परा गरेका र ३० वर्षभन्दा वढी पत्रकारितामा क्षेत्रमा अथक योगदान दिएका अग्रज पत्रकारहरूलाई सम्मान गर्न महासङ्घले यसै वर्षदेखि सम्मानवृत्ति कार्यक्रमको सुरुवात गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा आज आयोजित एकऔपचारिक कार्यक्रम मार्फत पत्रकारहरू क्रमस चक्रपाणि नेपाल, कृष्णबहादुर पाण्डे, कमल कोइराला, देवेन्द्र गौतम, नेपालभूषण न्यौपाने, हरि लम्साल, पद्मसिंह कार्की, पद्मभक्त खरेल, मुरारीप्रसाद गौतम, प्रवीण जोशी, बलदेव थापा, धर्मरत्न शाक्य, चेतबहादुर सिंह, गोविन्द थापा, शङ्करलयाल मल्ल र ज्ञान उदासलाइ सम्मानवृत्ति प्रदान गर्दै ज्येष्ठ पत्रकार सम्मानवृत्ति कार्यको शुभारम्भ गर्नुभएको हो । उहाँहरूलाई प्रतिमहिना रु एक हजारका दरले एक वर्षको रु १२ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा सञ्चारमन्त्री राईले पत्रकार महासंघले सम्मानवृत्ति कार्यको शुभारम्भ गर्नु आफैमा उल्लेखनिय कार्यक्रमको सुरुवात गरेको भन्दै आगामी दिनमा सम्मानवृत्ति कार्यक्रममा सरकारले सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गर्नु भएको थियो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मानवृत्ति कार्यक्रम महासङ्घले आफ्नो आन्तरिक कोषबाट सुरुवात गरेको जानकारी दिँदै आगामी दिनमा कोषमा सरकारी सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले पत्रकार सन्तति शैक्षिकवृत्ति, विपद् व्यवस्थापन उद्धार र राहत कोष एवम् पत्रकार बिमा सुरु गरेको जानकारी दिनुभयो । त्यस्तै महासङ्घका पूर्व सभापति एवम सल्लाहकार धर्मेन्द्र झाले पत्रकारहरूले तिरेको एक प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारको हितमा लगाउन सरकारसित आग्रह गर्नुभएको थियो ।

त्यस्तै गरि महासंघले थालेको यो अभियानप्रति खुसी व्यक्त गर्दै सम्मानित जेष्ठ पत्रकार एवम महासंघका पूर्वउपसभापति देवेन्द्र गौतमले यस्तो अभियानमा सरकारको पनि ध्यान जानुपर्ने बताउनु भएको थिायो भने सम्मानित अर्का पत्रकार पदम सिंह कार्कीले सम्मानवृत्तिको सुरुवात गरेकोमा खुसी ब्यक्त गर्दै तत्कालीन पत्रकारिता वर्तमान पत्रकारिताको प्रचनल माथि प्रकास पार्नु भएको थियो ।