बुधबार, बैशाख १२, २०८१

नेविसङ्घद्दारा प्रत्यक्ष निर्वाचनको माग

काठमाडौ वैशाख ४, नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको प्रत्यक्ष निर्वाचनको माग गर्दै त्रिवि सभासमक्ष ध्यानाकर्षण पत्र दर्ता गराएको छ 13043491_10154101443462329_6774468958959164928_n। यसअघि त्रिविले मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन अघि बढाउन खोजेकोमा आपत्ति प्रकट गर्दै नेविसङ्घले  त्यसको विरोध गर्दै प्रत्यक्ष प्रणालीमार्फ नै निर्वाचन हुनुपर्ने माग गरेको हो । बिहीबार दर्ता गराईएको ध्यानाकर्षण पत्रमा स्ववियु प्रत्यक्ष प्रणालीमा हुनुपर्ने र उमेरको हदसमेत लागू हुनु नहुने माग गरिएको  संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियु उमेर हदबन्दी लागू नगर्ने पक्षमा छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीलगायत केही सङ्गठन उमेर हदबन्दी लागू गर्ने अडानमा रहेका छन् । यद्यपि विद्यार्थी सङ्गठनको मत भिन्नताबीच त्रिविले वैशाखभित्रै निर्वाचन गराउने तयारी रहेको बताएको छ ।