शनिबार, बैशाख ८, २०८१

नेपाल वारमा शेरबहादुर केसी नेतृत्वको बृहत लोकतान्त्रिक प्यानल निर्वाचित,बरिष्ठ नेता पौडेलद्दारा बधाई

काठमाडौँ चैत २६, कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको शेरबहादुर केसी नेतृत्वमा बृहत लोकतान्त्रिक प्यानल निर्वाचित भएको छ । केसीले प्रगतिशील प्यानलको नेतृत्व गरेका विजयकान्त मैनालीलाई १८३ मतले हराउँदै निर्वाचित भएको हो । केसीले sherbahadur_kc३७९८ र मैनालीले ३६१५ मत प्राप्त गर्नु भएको थियो । बारको २५ पदका लागि भएको निर्वाचनमा अध्यक्ष शेरबहादुर केसी सहित १९ पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो । २५ पदका लागि ७१ जना चुनावी मैदान थिए । नवनिर्वाचि त्यस्तै महासचिवमा केसी समूहका खम्मबहादुर खाती र कोषाध्यक्षमा ज्ञानरत्न शाक्य विजयी भएका छन् ।

अध्यक्ष केसीले निर्वाचितभएलगत्तै सैक्षिप्त प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा बार र बेन्चको सम्बन्धलाई सुमधुर बनाउन प्रतिवद्धता सहित आफु कुनै पनि राजनिनितिक नियुक्तीमा नजाने बताउँनु भएको छ ।

यसैवीच नेपाली कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित शेरबहादुर केसीलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । नेता पौडेलले एक विज्ञप्ति जारी गर्दै उनले आफू र आफ्नो पार्टीका तर्फबाट बधाई दिदै स्वतन्त्र न्यायपालिका, मानवअधिकारको रक्षा तथा बार र बेञ्चबीच सुमधुर सम्बन्ध बनाउदै स्वतन्त्र न्यायलयको गरिमालाई कायम राख्दै अझ उचाईमा पुर्‍याउन सपल होस भन्ने कामना गर्नु भएको छ ।

को-को निवौचित भए नेपाल वारमा:

त्यस्तै, उपाध्यक्षहरुमा पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार ,मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका बाहिर) विनय सिंह,मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका) मोतिराम गौतम ,पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त निर्वाचिैत हुनुभएको छ । त्यस्तै, दलित सदस्यमा श्यामकुमार विश्वकर्मा, मधेशी÷मुस्लिम(खुल्ला) रमणकुमार कर्ण, आदिवासी÷जनजाति खुल्लामा अस्मिनकुमार राई, आदिवासी/जनजाति (उपत्यका बाहिर) ईन्दु कोइराला विजयी हुनुभयो । महिला खुल्लामा सानुमैयाँ महर्जन, खुल्ला उपत्यका बाहिरमा पद्मबहादुर शाही विजयी हुनुभएकोछ भने ७ सात खुल्ला सदस्यमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ ।

प्रगतिशील समूहबाट जम्मा  ३ उपाध्यक्षसहित ६ जना  विजय भएका छन् । सो समूहबाट मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय र महिला उपाध्यक्षमा उषा मल्ल पाठक र खुला सदस्यमा विष्णुमाया भुसाल, कृष्ण आङ्दम्बे , मधेसी (उपत्यका बाहिर) बाट मधुर पाठक विजयी हुनुभएको छ ।