बुधबार, बैशाख १२, २०८१

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश

काठमाडौं चैत २८, संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको छ । sushila_karki-e1456990493770-269x300सर्वोच्चका बहालवाला प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत मसान्तबाट उमेद हदका कारण अवकाश हुनुहुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधान्यायाधीशमा सिफारिस गरिएको हो ।

प्रस्तुत सिफारिस संगै नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान कायम गर्नु भएको छ । मुलुकको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।