शुक्रबार, चैत्र १६, २०८०

नयाँ वर्ष ०७३को शुभकामना सन्देश मार्फत पूर्वराजा ज्ञानेन्द्र द्दारा राजनीतिक नेतृत्वप्रति तीब्र वितृष्णा प्रकट

मुलुकको राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर हुँदै गएको जिकिर

काठमाडौं चैत्र ३०,  नयाँ वर्ष २०७३  सुरु हुन एक दिन अघि  शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नेतृत्वप्रति तीब्र raja_Gyanendraवितृष्णा प्रकट गर्दै मुलुकको राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर हुँदै गएको उल्लेख गरेका छन् ।

त्यस्तै शुभकामना सन्देशमा पूर्वराजाले राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भएको जिकिर गर्दै नेपाली भाषा, धर्म, संस्कृति, इतिहास र सभ्यताविपरीत प्रहार भइरहेको भन्दै पुर्खाले सुम्पिएका धरोहर सन्ततिलाई हस्तान्तरण गर्न सकिन्छ कि सकिंदैन भन्ने प्रश्न पेचिलो बन्दै गएको उल्लेख गरेका छन् ।

त्यस्तै सन्देसमा उहाँले आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं भन्दै नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहे वसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना व्यक्त गर्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र  शाहदेवबाट नव वर्ष २०७३ को अवसमा जारी  शूभकामना सन्देशको पूर्ण पाठ जस्ताको त्यस्तै

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,
२०७२लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहे वसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना गर्दछु । विक्रम सम्वतले मिति , तिथी र नेपाली संस्कृतीलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यता धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सूम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो वन्दै छ । त्यसका लागी दक्षिण एसियाको भूराजनितिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामी को थियौं, कहाँ थियौं, अहिले कुन स्थितीमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनु पर्दछ कसको के कस्तो त्याग र योगदान छ कसको के कस्तो महत्व र मान्यता छ अनि क९कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् ।  राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भैसकेको छ । राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनिती नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा विचको फाटो नोक्सानदायी भैसकेको छ ।

त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडिबढ्नु आवश्यक भैसकेको छ। आफ्नो भाषा, इतिहास र धर्म संस्कृती देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना

श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन
जय नेपाल