बुधबार, बैशाख १२, २०८१

देशभक्त लोकतान्त्रिक मोर्चाले विकृति विरुद्ध नयाँ संकल्पको उद्घोष गर्ने

काठमाडौं बैशाख १५,  भ्रष्टाचार विरुद्धको आन्दोलनमा विगत लामो समयदेखि सर्घषरत मनमोहन शमशेर राणा नेतृत्वको देशभक्त लोकतान्त्रिक मोर्चाले आगामी शुक्रवार राजधानीमा मुलुकको राजैनैतिक सामाजीक र धार्मीक एजेन्दामा मौलाउँदै आएको यावत विकृति anup_20160320_68 (1)विरुद्ध नयाँ संकल्पको उद्घोष गर्ने भएको छ ।

नववर्ष ०७३  सुभारम्भको अवसर पारेर मुलुकको प्रमुख राजनैतिक दलका नेताहरुको प्रत्यक्ष उपस्थितीमा सुभारम्भ गर्ने तयारी रहेको उक्त कार्यक्रम मार्फत  यो वा त्यो बहानामा मौलाउँदै आइरहेको निषेधको राजनिती, कालाबजारी डण्डहिनता लगायतका प्रासंगीक मुद्धामा एकाकार हुँदै मधेसवादी लगायतका मुलधारका दलीय प्रतिनिधी समेतबाट प्रतिवद्धता अभिव्यक्त गराइने कार्यक्रमका संयोजक एवम मोर्चाका अध्यक्ष मनमोहन शमशेर राणाले दिनु भएको छ ।

यसअघि पनि मा्ेचाको अगुवाइमा भातृसंङगठन देशभक्त लोकतान्त्रिक मजदुरशक्ति मार्फत नयाँ संविधान जारी भएयता कहिले छिमेकी मुलुकमा भारतले गरेको अघोषित नाकाबन्दीको नाममा त कहिले यो वा त्यो बहानामा बढ्दो भष्टाचार र अनियन्त्रित महङगी नियन्त्रण गर्ने पक्षमा सरकारको उदासिनता बढेको भन्दै तत्काल छानविन सहित कारवाही प्रक्रिया सुरु गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लाइ १६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको थियो ।