शुक्रबार, बैशाख १४, २०८१

दीप प्रज्ज्वलन गरी मृतात्माप्रति श्रद्धाञ्जली

काठमाडौं वैशाख १२, गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट ज्यान गुमाएका दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आइताबार काठमाडौंको बसन्तपुरमा दीप प्रज्वलन गरेर धरहरा र काठमण्डपको आकृति   सहितको दीप प्रज्वलन IMG_2532_sjh_roadphotography_after 1 year of earthquake 2073गरिएको छ ।

हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम र हामी उठ्ने छौं अभियान को आयोजनामा भएको दीप प्रज्जवलनमा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल लगायत चर्चित कलाकारहरुका साथै हजारौ नेपाली तथा बिदेशी उपस्थिति रहेको थियो । वैशाख १२ गते गोरखाको वारपाकलाइ केन्द्रबिन्दु बनाउँदै गएको ७।६ रिक्टर स्केलको भूकम्पजाँदा लगभग नौ हजार मानिसको मृत्यु भएको थियो । दुई हजार २०० भन्दा बढी घाइते हुनुका साथै झन्डै पाँच लाख घर ध्वस्त भएका थिए ।