शुक्रबार, चैत्र १६, २०८०

त्रिभूवन आर्मी उपाधिको दावेदार बन्दै

धाइजन  बैशाख ४, झापाको  धाइजनमोड जारी तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगितामा त्रिभूवन आर्मी क्लब उपाधिको दावेदारको रुपमा देखिएको छ । खेलको तालिकामा सबै भन्दाबढी ९ अंक प्राप्त गरेपछि आर्मीले आफूलाई दावेदारको रुपमा प्रस्तुत गरेको हो ।1[1] 2[1] पश्चिमाञ्चल भलिवल संघले खेलको नियम पालना नगरेपछि शनिबारको पहिलो खेलको लिगबाट त्रिभूवन आर्मी क्लबले वाकओभर पाएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।  त्यसैगरी नेपाल प्रहरी र पश्चिमाञ्चलसँगको खेल समयमा उपश्थित नभइपछि नेपाल प्रहरीले वाकओभर पाएको थियो । खेल टाइसिट तीन दिनअघि नै अन्तराष्टिय रेफ्रि गौतम श्रेष्ठले सार्वजनिक गरेका थिए । तर, २ः३० बजे उपस्थित नहुदा सहभागी प्रशिक्षक र रेफ्रि तथा आयोजकले भलिवल महासंघको नियम ६ उपनियम ४ को २ मा उल्लेख भएअनुसार पश्चिमाञ्चललाई कारवाहीस्वरुप नेपाल प्रहरीलाई वाकओभर दिएको थियो । नेपाल प्रहरीको अंक तालिकामा ८ अंक पाएको छ ।

लिग खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई वेष्ट अफ फाइभ खेलमा २५-१९,२६-२४, २८-३०,१९.२५ र १५-११ सेट ल्याएर पराजीत गरेपछि नेपाल प्रहरी सेमिफाइनलमा पुगेको हो ।  त्यसैगरी लिग खेलबाट ढोरपाटन स्पोटिड. क्लब, जाउलाखेल भलिवल क्लब, पूर्वाञ्चल र मध्यमाञ्चल भलिवल संघ बाहिरिएका छन् । आर्मी, पुलिस, सशस्त्र र पश्चिमाञ्चलसँग कमजोर खेल खेलेपछि लिगबाट बाहिरिएका हुन् ।
हालसम्म दुईवटा पोलमा खेलाइएको उक्त भलिवल प्रतियोगिताको लिगको (वी) तालिकामा त्रिभूवन आर्मी क्लब र (ए) तालिकामा नेपाल प्रहरी रहेका छन् । सशस्त्र प्रहरी ७ अंक प्राप्त गरेको छ भने पश्चिमाञ्चलको ५ अंक ल्याएको थियो । ढोरपाटन र मध्यमाञ्चलको अंक तालिकामा शुन्य रहेको अन्तराष्टिय रेफ्रि गौतम श्रेष्ठले जानकारी दिए । मौसमका कारण सेमिफाइनलको पहिलो सेटमात्रै खेल्न सक्यो । पहिलो सेटमा २६ र २४ सशस्त्रले ल्याएको थियो । अन्य खेल आइतबार खेलाइने आयोजकले बताएको छ । फाइनल खेल आइतबार हुनेछ ।
फोसलमा पहिलो तथा सर्वाधिक पुरस्कार ३ लाख १५ हजार तथा सिल्ड टफि, प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

-प्रकाश उप्रेती