शुक्रबार, चैत्र १६, २०८०

तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिताका्तयारी पूरा, उपराष्ट्रपति पुनद्दारा उद्घाटन गरिने

धाइजन चैत्र २८,  ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन झापा आउने भएका छन् । विषेश राजनीतिक बैठकका कारण बैसाख २ गते पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने नसक्ने भएपछि भलिवल खेलको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने कार्यक्रम तय गरिएको हो । पुन उपराष्ट्रपति भएपछि झापामा पहिलो पटक आउने भएका हुन् ।
मोफोसलमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको भलिवल खेलको तयारी पूरा भएको आयोजकले जनाएको छ । भलिवल ग्राउण्ड, भलिवल टीम, स्टेज, आगन्तुक खेलाडी तथा प्रशिक्षकको खाना र बस्नको प्रशासनिक तथा सुरक्षा र आर्थिक व्यवस्थापन पूरा भएको अध्यक्ष बालकृष्ण रिजालले बताए ।
खेलको प्रथम पुरस्कारसहित मूख्य प्रायोजक सोनिया घरघडेरी खरिद–बिक्री केन्द्रले ६ लाख प्रदान गरेको छ । रामकुमार कन्दङवाले दोश्रो पुरस्कार र वि एण्ड सी हस्पिटल रिसर्च सेन्टरले तेश्रो पुरस्कार प्रदान गर्ने भएको छ । । प्रतियोगितामा पहिलो पुरस्कार राशी नगद ३ लाख १५ हजार, त्यसैगरी दोश्रो पुरस्कार नगद १ लाख ७५ हजार तथा तश्रो पुरस्कार १ लाख १० हजार सिल्ड ट्रफि तथा प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई २५ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने सम्मेलनमा व्यवस्थापन समितिका महासचिव नरेस मोहराले बताए ।
राष्ट्रिय भलिवल प्रतियोगितामा ८ वटा टिमले १५ वटा खेल खेल्नुपर्नेछ । जसमा १/१ पोलमा ६/६ वटा तथा ३ वटा लिगमा खेल्ने नेपाल भलिव संघका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए । प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट ३ वटा टीम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी ८ टीमले सहभागिता जनाउनेछन् । उक्त खेल भव्य र सव्य ढंगले सञ्चालन गर्नका लागि २१ लाख अनुमानित लागत लाग्ने आर्थिक समितिका दीपेश राईले जानकारी दिए । –प्रकाश उप्रेती