शुक्रबार, बैशाख १४, २०८१

तिमीले गाएको गीत

downloadरुन आउँछ घरी घरी तिमीले गाएको गीत सुन्दा
बिझाउँछ घाउ बिछोडको पिडा बल्झिंदा
रुन आउँछ घरी घरी तिमीले गाएको गीत सुन्दा

सम्हालिन खोज्छ जीवन भुलेर पुराना ति पल
संग संगै बुनेको सपनाको रानी महल
दुखाउँछ छाती घरी घरी यादहरु फर्किदिंदा
निको हुन्नन् घाउहरु जानी जानी कोट्याईदिंदा
रुन आउँछ घरी घरी तिमीले गाएको गीत सुन्दा

रमाउन खोज्छ मन  नयाँ नया“ फुलहरु फुलेको देख्दा
बिहानीको किरण संगै  मन चङ्गा हुँदा
निरासिन्छ जीवन फेरी त्यहि यादमा अल्झीदिंदा
सुक्ने छैन आँशु मेरो छातिमा तिमी जलिदिंदा
रुन आउँछ घरी घरी तिमीले गाएको गीत सुन्दा

– गौतम डंगोल “सन्देश”