मङ्लबार, बैशाख ४, २०८१

जापानको दक्षिणी क्षेत्र कुमामोटो सहरमा शक्तिशाली भूकम्प,२९ को मृत्यु ,कैयन वेपत्ता

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त :

एजेन्सी वैशाख ४, शुक्रबार राति ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्षेत्रको क्युशु आइल्यान्डको कुमामोटो सहरलाइ केन्द्रबिन्दू बनाउँदै ७.३ म्याग्निच्यूडकोमा अर्को शक्तिशाली भूकम्प गएको छ ।जापानी सरकारी टेलिभिजन एनएचके लाइ उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।  भूकम्पका कारण अहिलेसम्म कम्तिमा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको बताईएको छ भने । कैयौं व्यक्ति अझै भवनमा japan-earth-350x245च्यापिएर रहेका बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनसार यसअघि विहीबार यही ठाउँ नै केन्द्रबिन्दू भएर ६।४ म्याग्निच्यूडको भूकम्प जाँदा ९ जनाको मृत्यु भएको जनाउँदै यो भूकम्प अघिल्लो दिन गएकोभन्दा ठूलो भएको र यसले सडक, पुल, बिजुली र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले जापानमा गएको शक्तिशाली भूकम्पका कारण जनधनकयो क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुःखको यस घडीमा जापान सरकार र जापानी जनताप्रति सहानुभूति समेत प्रकट गर्नुभएको प्रमको सचिवालयले जनाएको छ ।