शुक्रबार, बैशाख ७, २०८१

जलेश्वरमा सरसफाई सम्मेलन

जलेश्वर वैशाख ११ ,‘स्वास्थ्य, प्रतिष्ठा र विकासकालागि सरसफाई, सरसफाइकालागि सामाजिक आन्दोलन’ नाराका साथ महोत्तरीको सदरमुकाम जलेश्वरमा सरसफाई सम्मेलन सम्पन्न भएको छ । जिल्लाका सम्पूर्ण गाविसबाट सचिव, प्राविधिक सहायक, राजनैतिक दलका IMG_9719[1]प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुखहरु सम्मेलित सम्मेलनको उद्घाटन प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा खानेपानी विभागका सुदर्शन भण्डरीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागीले आ–आफ्नो गाँउलाई खुला दिसामूक्त तथा सफा बनाउन छातीमा हात राखेर किरीया खाएका थिए ।

कार्यक्रममा विभिन्न चेतनामूलक गीत तथा लोकनृत्य प्रदर्शन गरिएको थियो भने नमूनाकालागि चर्पीको पनि प्रदर्शनी राखिएको थियो । खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति महोत्तरीको आयोजनामा भएको कार्यक्रममा सुन बन्धकी राखेर चर्पी बनाउने बर्दिवास–७ किसाननगरका हीरालाल महतो तथा गोरु बन्धकी राखेर चर्पी निर्माण गरेका बर्दिवास–७ किसाननगरका पदम बहादुर चिरिचिङ मगरलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

तीनवटा नगरपालिकाका अतिरिक्त ६६ वटा गाविस रहेको महोत्तरी जिल्लामा अहिले सम्म गैंढ़ा भेट्पुर, खैरमारा, पशुपतिनगर, रतौली, लक्ष्मीनीया न.पा.१,२,३ बर्दिवास न.पा.४,५,६ वडा दिसामूक्त भइसकेको छ भने २०७३ पौष मसान्त सम्म जिल्लाका सबै गाविसहरुलाई खुला दिसामुक्त बनाइसक्ने घोषणा गरिएको छ ।

-मनोज झा मुक्ति/महोत्तरी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031