बिहिबार, बैशाख १३, २०८१

चोखो प्रेम….

(2)रजिस्मा केसी /नयाँ दिल्ली

चोखो प्रेम गर्छु तिमलाई पाउनै पर्छ भन्दिन म
आफ्नो बन्न सिन्दुर पोते लाउनै पर्छ भन्दिन म
सड्गै साथको मिलन भन्दा बिछोडको याद मिठो
हाँसीखुसी सड्गै जिबन बिताउनै पर्छ भन्दिन म
याद गाढा साँचेको छु हृदय का पाना भरि
जहां गयो सड्गै साथ धाउनै पर्छ भन्दिन म

बियोगमा छट्पट��दै याद छल्काई बाँचेको ले
जबरदस्ती प्रेम गित गाउनै पर्छ भन्दिन म
बल्ल तल्ल तिता अतित बिर्षिएर हाँस्न लाई
नमिठा ति पल बल्झाई रुवाउनै पर्छ भन्दिन म

पिडाले जल्दैछ यो मन बाँच्ने रहर छैन कति
ब्यर्थै झुटो संसारमा रमाउनै पर्छ भन्दिन म
प्रतिक्षामा हुनेछु म माया फर्कि आउन सक्छ
कर गरि रजिस्मा लाई अपनाउनै पर्छ भन्दिन म ….