शनिबार, बैशाख ८, २०८१

गैरकानुनी रुपमा बढीसम्पत्ति आर्जन गर्ने कटवाल विरुद्ध मुद्दा दायर

काठमाडौ चैत १९,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोडभन्दा बढीसम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा timthumb (1)क्षेत्रीय हुलाक निर्देशनालय मोरङका तत्कालीन लेखा अधिकृत कुमारबहादुर कटवालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेपछि आव २०६८/०६९ सम्मको जाँच अवधिका विभिन्न वर्षमा कटवालले परिवारका सदस्यका नाममा खरिद गरेको चलअचल सम्पत्ति र तथ्यका आधारमा सो परिमाणको रकमको स्रोत नखुलेको पाइएको हो । कटवालको खुद आय र आर्थिक गतिविधि रु ९१ लाख ४३ हजार ६०९ मात्रै वैध देखिने आयोगको जिकिर छ ।

कटवालले आफ्नो पदको दुरुपयोग गरी मनासिब कारणबिना अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराका नाममा लगानी गरेको र छोरीको अध्ययनमा खर्च गरेको पाइएको छ ।