शनिबार, बैशाख ८, २०८१

खोटाङ र डोटीका दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

nc flageकाठमाडौं बैशाख १,  नेपाली काँग्रसले खोटाङ र डोटीमा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी दुवै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । “यो संवेदनशील घडीमा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।  मङ्गलबार खोटाङको दिक्तेलबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस बर्खेटारमा दुर्घटना हुँदा २४ जनाको मृत्यु र दर्जनौँभन्दा बढी घाइेत भएका थिए भने सोही राति डोटीको जिजोडामाण्डौ गाविसमा भएको जिप दुर्घटनामा छ जनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएका थिए ।

विज्ञप्तिमा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । यो वर्ष मात्र दुई हजारभन्दा बढी व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ । काँग्रेसले सवारी सचेतना, बाटोको स्तरोन्नति तथा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थाका साथ आगामी दिनमा यस्ता घटनामा कमी ल्याउन आवश्यक कदम चाल्न सरकार र संवद्ध सबै पक्षसँग काँग्रेसले अनुरोध गरेको छ ।