शुक्रबार, चैत्र १६, २०८०

कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते

काठमाडौ चैत्र २२, श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय सहित रोजगार अनुमति प्रणाली(इपिएस० )अन्तर्गत लिइने Korea-EPS-648x420-358x300कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते लिने निणैय गरेका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त सङ्कलन गर्ने निर्णय गरेको उल्लेख गर्दै दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र राखिने र यस वर्ष एमआरपी भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ ।