मङ्लबार, बैशाख ११, २०८१

कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार‘ वात्स्यायनलाइ

११ जना वरिष्ठ सञ्चारकर्मीलाइ प्रेस स्वतन्त्रता सेनानी सम्मान

काठमाडौं बैशाख १८, नेपाल पत्रकार महासंघको वैशाख १७ गते बसेको आठौं केन्द्रीय समितिको पूर्ण बैठकले २१ गते चितवनमा हुने केन्द्रीय साधारणसभाको अन्तिम तयारीसँगै साधारणसभामा प्रस्तुत गरिने सांगठनिक, आर्थिक प्रतिवेदन र संशोधनसहितको प्रस्तावित विधानलाई अन्तिम रुप दिनुको अलावा महासंघद्वारा वितरण गर्ने पुरस्कार र केही पुरस्कार स्थापनासहित प्रेस स्वतन्त्रता सेनानीको चयनसहितको release 18 baishakनिर्णयहरु गरेको छ ।
महासंघद्दारा आज जारी विज्ञप्तिमा केन्द्रीय साधारणसभामा महासंघको संगठनात्मक पुनर्संरचनाका लागि संशोधनसहितको विधानलाई अन्तिम रुप दिइनुको अलावा महासचिव उजिर मगरद्वारा प्रस्तुत हुने दुई वर्षे कार्यकालको कार्यप्रगति, साङ्गठनिक अवस्था र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमद्वारा प्रस्तुत गरिने दुई वर्षे कार्यकालको आर्थिक आय/व्यय सहितको आर्थिक प्रतिवेदनलाई बैठकले अन्तिम रुप दिएको उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले स्थापना गरेको रु. १ लाख राशिको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार‘ वरिष्ठ कार्टुनिष्ट श्री दुर्गा बराल (वात्स्यायन) (पोखरा) लाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ भने  श्री शिवबहादुर कार्की (मोरङ्ग), श्री याम प्रधान (सुनसरी), श्री दिनेश देव (सिराह), श्री धन लामा (काठमाडौं), श्री चक्रपाणि नेपाल (काठमाडौं), श्री चेतबहादुर सिं (काठमाडौं), श्री लालकुमार भट्टराई (नवलपरासी), श्री बद्रीविनोद प्रतिक (कास्की), श्री नारायण भट्टराई (कास्की), श्री झपेन्द्र वैद्य (प्यूठान)श्री चिरञ्जीवी अर्याल (सुर्खेत) लाइ प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरिने भएको छ ।
त्यस्तैगरि पूर्व केन्द्रीय सदस्य स्व. गौरी कठायतको स्मृतिमा स्थापित रु. १५ हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ श्री तुलाराम पाण्डे (कालिकोट) र रु. १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ श्री गणेश चौधरी (कैलाली)लाई प्रदान गर्ने निर्णय गर्नुको अलावा बैठकले पूर्व सभापति गोविन्द वियोगी र वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘ईच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।  यस्तो छ  प्रस्तावित विधान मस्यौदा