शनिबार, बैशाख ८, २०८१

कीर्तिपुर माविलाइ भूकम्प प्रतिरोधात्मक चारकोठे भवन हस्तान्तरण

काठमाडौ बैशाख १६, वर्ष ०७२ को वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कीर्तिपुर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको भूकम्प प्रतिरोधात्मक चारकोठे भवन विद्यालय भवन आज एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको 13062029_10154128369262329_7136475009162151652_n 13062122_10154128369037329_4595165048862184921_nछ ।

भवन हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले काम गर्न नसक्नु दुःखद् हुनुको अलावा सरकार जनताको समस्या प्रति उदासीन भएको बताउँनु भएको छ । त्यस्तै उहाँले अवका दिनमा संविधान कार्यान्वयन र पुनःनिर्माणका लागि काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सरकारको रवैयाको आलोचना गर्दै नेविसङ्घले भूकम्पपछि पुनःनिर्माणमा खेलेको भूमिकाको सराहना गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्ण नेविसङ्घलाई अब शैक्षिक मुद्दामा केन्द्रित गरेर अगाडि लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने सङ्घका पूर्व अध्यक्ष गोविन्द भट्टराइ लगायतले पनि बोल्नु भएको थियो । तस्वीर: युपी लामिछाने