शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस संसदीय दलको विधान संशोधन प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदित

काठमाडौ चैत्र २२, नेपाली काँग्रेस संसदीय दलको विधान सशोधन गर्ने संसदीयदलको बैठकको निर्णयलार्ई केन्द्रीय समितिले अनुमोदन गरेको छ । मुलुकको परिवर्तित राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले आज बिहान गरेको विधान nc flageसंशोधनलाई आजै दिउँसो बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

अव अनुमोदित निणैय अनुसार काँग्रेसका मौजुदा विधानमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द कायम हुनुको अलावा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासीरजनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित हुँने व्यवस्था समेत कायम हुने भएको छ ।

यसैवीच बुधबार हुने नेपाली काँग्रेस संसदीय दल नेताको निर्वाचनका लागि आज दिउँसो ४।३० बजे मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ । मतदाता नामावलीका विषयमा आजै ४:३० देखि ५ बजेसम्म दाबी विरोधको समय तोकिएको समितिले जनाएको छ ।  सोमवार बेलुकी ५:३० बजे मतदाता नामावलीमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । संसदीय दलको नेता पदमा उम्मेदवारी दिनका लागि मंगलवार बिहान ९ बजेदेखि मध्याह्न १२ सम्मको समय निर्धारण गरिएको छ ।  त्यस्तै उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२:३० बजे गरिनेछ । १२:३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १।३० बजेसम्म, नाम फिर्ता लिने समय १:३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ भने मतदान २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुनेछ । मतदानमा काँग्रेसका २०७ सांसद सहभागी हुनेछन् । चैत २६ गते हुने संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम भने चैत २४ गते दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।