शनिबार, बैशाख ८, २०८१

ऐतिहासिक आन्दोलनको केन्द्रविन्दु झापा : उपराष्टपति पुन

धाइजन बैशाख ३, उपराष्टपति नन्दकिशोर पुनले अन्तराष्टिय क्षेत्रमा नेपालको पहिचान दिन खेलको विकास गर्नुपर्नेमा जोड दिदै  आफूले भलिबल खेललाई सदैब सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ   । नेपाल भलिवल संघ र श्री बिहानी IMG_7099_[50%][1]बचत तथा ऋण सहकारी संस्था दुहागढी ६ धाइजनमोडको आयोजनामा विहिवारबाट सुरु भएको तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगिताको उद्घाटपछि सम्बोधन गर्दै उपराष्टपति पुले भलिवल खेलमा सबै पक्षको ध्यान जान जरुरी रहेको बताउँनु भएको हो ।

त्यस्तै उहाँले  विधि र प्रकृयाबाट नयाँ संविधान निर्माणपछि २०७२ सालमा संस्थागत विकास भएको उल्लेख गर्दै   जंंनचाहना अनुसार भौगोलिक अखण्डता, राष्टिय स्वाधिनताको कदर गर्न सरकारलाइ सुझाव दिए । झापामा थुप्रै सम्भावना बोकेकोदै  भने, नेपालमा भएका थुपै ऐतिहासिक आन्दोलनको केन्द्रविन्दु झापा नै हो, सहिदप्रति उच्च सम्मान गर्दै झापालाई सबै पक्षले उचित ध्यान दिनुपर्छ । त्यस अवसरमा यहाँले   प्रतियोगितालाई आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने दाताहरु सोनिया घरघडेरी खरिबिक्री केन्द्रका नरेन्द्र मेचे, सूर्य एग्रोका जगदिश मिण्डा, रामकुमार कन्दम्वा, वि एण्ड सी हस्पिटल दुर्गा प्रसाईलगायत दर्जनबढीलाई कदरपत्रद्धारा प्रमुख अथितिले सम्मान गरेका थिए ।
IMG_7153_[50%][1]कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्य रामकुमार कार्की पार्थ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, नेकपा एमालेका विष्णु प्रसाई, राप्रपा नेपालका केन्द्रीय सदस्य कुमार भट्टराई, सूर्य एग्रो एण्ड सूर्य पल्सका प्रबन्ध निर्देशक जगदिश मिण्डाले बोलेका थिए । बालकृष्ण रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विष्णु प्रसाईले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

यसैवीच बिहीबारबाट झापाको दुहागढी ६ धाइजन मोडमा सुरु भएको आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घले विजयी सुरुआत गरेका छन् ।  आज भएको पहिलो खेलमा पुलिस क्लबले ढोरपाटन भलिबल सङ्घलाई २५–१८, २५–१९ र २५–१० लगातार पराजित ग-यो । दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल भलिबल सङ्घलाई २५–१९, २५–२१ र २५– १७ ले लगातार पराजित ग-यो ।  मोफसलको पहिलो पटक सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगिताका विजयीले रु तीन लाख १५ हजार, दोस्राले रु एक लाख ७५ हजार र तेस्राले रु एक लाख १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार पुलिस क्लब र जाउलाखेल, पश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल सङ्घ, ढोरपाटन र एपिएफ, मध्यमाञ्चल र त्रिभुवन आर्मी, जाउलाखेल र एपिएफ तथा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच खेल हुने रेफ्री गौतम श्रेष्ठले जानकारी दिनुभयो ।

र त्यस्तै प्रतियोगिताअन्तर्गत शुक्रबार पुलिस क्लब र जाउलाखेल, पश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल सङ्घ, ढोरपाटन र एपिएफ, मध्यमाञ्चल र त्रिभुवन आर्मी, जाउलाखेल र एपिएफ तथा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच खेल हुने रेफ्री गौतम श्रेष्ठले जानकारी दिनुभएको छ ।