बिहिबार, चैत्र १५, २०८०

इस्लामीक धार्मीक राष्टिय सम्मेलन चितवनमा

चितवन चैत १९,  नेपालमा रहेका मुस्लिम समुदायहरुको विराट राष्टिय इस्लामीक धार्मीक सम्मेलन चितवनमा हुने भएको छ । दोश्रो जल्सा रहमेत आलम कन्फ्रेन्स नारयाणगढ नाम दिइएको सो सम्मेलनमा देशभरीका मुस्लिम समुदायको सभागीता रहने शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

चैत २१ गते चितवनको क्याम्पाचौरमा हुने विराट राष्टिय इस्लामीक धार्मीक सम्मेलनमा इस्लामीक धर्मका धर्मगुरु महोम्द जयशिद्धिकी सेरे नेपाल लगायतका इस्लामिक धर्मगुरुबाट प्रवचन हुने कार्यक्रमका संयोजक मैनुद्धिन मियाँले जानकारी दिनुभयो । इस्लामीक समुदायहरुको बिचमा आत्मीयता बढाउने र धार्मीक चेतना अभिवृद्धी गराउने उद्देश्यका साथ आयोजना गरिने कार्यक्रममा विदेशवाट समेत प्रतिनिधीहरुको सहभागिता रहने कार्यक्रमका सचेतक मुस्तफा अलीले बताउनुभयो । आगामी बर्ष २०७३ साल सवैकालागि सुखमय बनोस र देशमा शान्ती कायम होस भन्ने कामनाका साथ पनि यो धार्मिक सम्मेलनको आयोजना गरिएको कार्यक्रमका सह संयोजक जमिला हमीदिले बताउनुभयो । हरेक धर्मले व्यक्तीलाई अनुसासनमा राख्न सिकाउने भएका कारण इस्लाम धर्ममा महिलालाई अनुसासन र सुरक्षामा सचेत गराउन महिलाले लगाउने कपडामा विशेष ख्याल राखिएको हमीदिले बताउनुभयो ।

पछिल्लो पुस्तामा धर्मका बिषयमा जागरुक गाराउन यस्ता धार्मीक सम्मेलनले सहयोग गर्दै आएकोले चितवनमा दोश्रो पटक यस्तो कार्यक्रम राखिएको कार्यक्रमका संयोजक मियाँले बताउनुभयो । कार्यक्रम तिन चरणमा सम्पन्न हुने जानकारी दिदै मियाँले पहिलो चरणमा सवैको सहभागितामा नारयाणगढ बजारमा र्याली निकालिने,दोश्रो चरणमा उद्धघाटनसँगै प्रवचनको कार्यक्रम गरिने र तेश्रो चरणमा मुस्लिम महिलाको विशेष प्रस्तुती रहने संयोजक मियाँले जानकारी दिनुभयो । कार्यक्रम पुर्व अर्थमन्त्री एवम् सांसद सुरेन्द्र पाण्डेले उद्धघाटन गर्ने तयारी भएको उहाँले बताउनुभएको छ ।

vjprakash027@gmail.com