शनिबार, बैशाख ८, २०८१

इन्जिनियर पिया विरुद्ध मुद्दा

काठमाडौ वैशाख २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा नेपालगन्ज उपमहानगरपालिकाका timthumb (1)इन्जिनियर श्यामकाजी पियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाका अनुसार वडा नं १२ मा बाटो निर्माण सम्पन्न भइसकेपछि अन्तिम भुक्तानीका लागि आग्रह गर्दा इन्जिनियर पियाले सेवाग्राहीसँग रु ८० हजार घुस माग्दै गरेको अवस्थामा थलामा नै पक्राउ परेका थिए । आयोगले इन्जिनियर पियाविरुद्ध बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।