बिहिबार, चैत्र १५, २०८०

आज पुनः अर्को ४.७ रिक्टरको परकम्प

काठमाडौ चैत्र २२ दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को परकम्प गएको  भूकम्प मापन केन्द्रले जनाएको छ ।    केन्द्रका अनुसार Captureबिहान १० बजेर १६ मिनेट जाँदा ४.७ रिक्टर स्केलको परकम्प गएको थाहा भएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको परकम्प गएको थियो ।
त्यस्तै हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका छन् । अहिले दैनिक ४ रिक्टर मुनिका सरदर ४० वटासम्म भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।