बिहिबार, चैत्र १५, २०८०

अध्यादेशमार्फत उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सरकारको तयारी प्रति सभापति देउवाको आक्रोस

काठमाडौ चैत्र १९, सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रयोजनका लागि अहिलेको अवस्थामा अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत उच्च sher-bdrअदालतको न्यायाधीश नियुक्त गर्न सरकोरको तयारी प्रति आपत्ति प्रकट गर्नुभएको छ ।

विहिवार व्यवस्थापिका संसद्मा प्रमुख प्रतिपक्ष दलका हैसियतमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासाझेदारदल एमाओवादीका अध्यक्ष प्रचन्द्रलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश काँग्रेसलाइ मान्य नहुने भन्दै अध्यादेश ल्याउने काम तत्काल रोक्न आग्रह गर्नु भएको हो ।  नेपालको संविधान २०७२ लाई नै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन, २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएलगत्तै सभापति देउवाले प्रस्तुत कदम उठाउँनु भएको उहाँ निकट स्रोतले जनाएको छ ।