काठमाडौ चैत्र २३, हिमानी ट्रस्टका सचिव विजयालक्ष्मी राणाको निधन भएको छ । उहाँको सोमबार हृदयघातबाट निधन भएको महिला सञ्चार समूहले जानकारी दिएको छ । समाजसेवाका लागि पूर्व युवराज्ञी हिमाली शाहले सञ्चालन गरेको ट्रस्टमा राणाको अमूल्य योगदान छ ।
राणाको निधनप्रति महिला सञ्चार समूहकी अध्यक्ष अस्मिता भण्डारीले श्रद्धाञ्जलि अर्पण गर्दै ट्रस्टका सचिब एवम् वरिष्ठ समाजसेवी, राणाको हृदयघातबाट निधन भएको खबरले स्तब्ध तुल्याएको जनाउँदै मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समबेदना अर्पण गरेको छ ।