बिहिबार, चैत्र १६, २०७९

सेतो मच्छिन्द्रनाथको रथ जात्रा विधिवत् रुपमा सम्पन्न,मूर्तिलाई जनबहालमै पु-याइयो

काठमाडौ वैशाख ६ गत चैत्र शुक्ल अष्टमीका दिनदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथ जात्रा पछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई आज बेलुकी जनबहालमा फर्काइएको छ । यो संगै जात्रा विधिवत् रुपमा सम्पन्न भएको छ । रथबाट मच्छिन्द्रनाथ ओराली खटमा राखेर सहरको 1902832_624344387636537_8322214260843487203_nविभिन्न भागमा घुमाएर जनबहालमा सेतो मच्छिन्द्रनाथको मूर्तिको प्रतिस्थापनपछि आजबाट सेतो मच्छिन्द्रनाथको मुर्ति आज आफ्नै स्थानमा लगिएको हो ।

रथ जात्राको क्रममा पहिलो दिन तीनधारा पाठशालामा सेतो मच्छिन्द्रनाथ जात्राको लागि रथआरोहण गराएपछि विधिवत रुपमा रथयात्रा सुरु भएको यो जात्रा तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइएको थियो भने ।

दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म र तेस्रो दिन हुनमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पु-याई थियो । त्यसैगरि चौथो दिन लगनमा मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरार्इ । पाँचौं दिन लगन, ज्याःबहाल, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइने प्रचलन अनुरुप मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालमै पु-याइएको हो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031