मङ्लबार, चैत्र १४, २०७९

सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु

काठमाडौ वैशाख ८ , प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका कुकुरको व्यवस्थापनको लागि सिंहदरबार पुननिर्माण समितिको सचिवालय, काठमाडौं महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटको सयुक्त प्रयासमा आजबाट सुरु गरिएको छ । DSC_0078 DSC_0108यसक्रममा संहदरबार क्षेत्रमा भएका ८० वटा सामुदायिक कुकुरमध्ये अहिलेसम्ममा २१ वटा भाले र ३५ वटा पोथी कुकुरलाई बन्ध्याकरण गरि सकिएको छ भने, ५६ वटा कुकुरमा माइक्रो चिप्स राखिएको कामपाले जनाएको छ ।  सामुदायिक कुकुरको बन्ध्याकरणको अभियान अन्र्तगत कुकुरमा भएको संक्रामक रोग फैलन सक्ने, कुकुरको जथाभावी आवगजावतले सवारीमा अवरोध गर्न सक्ने, फोहोर यत्र तत्र छर्न सक्ने, कुकुरको संख्या गुणात्मक रुपमा बढ्न सक्ने अवस्थामा सुधार ल्याउन शुन्य कुकुर बनाउने अभियान अनुरुप सुरु गरिएको प्रस्तुत कार्यक्रमको सुभारम्भ पशु पंक्षी विकास मन्त्री श्री शान्ता मानवीले गर्नु भएको थियो ।

कार्यक्रममा नगर क्षेत्रभित्र रहेका कुकुरहरुको मानवीय तथा वैज्ञानिक व्यवस्थापन तथा सुन्दर नगर विकासको परिकल्पनालाई साकारपार्न महानगर भित्रका समग्र कुकुर संख्याको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन बृहत समुदाय परिचालन, नीति निर्माण, शिक्षा, खोप अभियान तथा बन्ध्याकरण अभियान सञ्चालन हुनेछ जानकारी दिइएको थियो ।  त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अत्यधिक कुकुरका कारण फोहर बढ्नुका साथै रोगको सङ्क्रमणसमेत बढेकाले अभियान सुरु गरेको भएको बताउँदै महानगरपालिकाले तीन वर्षभित्र आफ्नो क्षेत्रभित्र रहेका कुकुरमध्ये ८० प्रतिशतमा रेविजविरुद्धको खोप लगाउने र सबै पोथी कुकुरमा बन्ध्याकरण गर्ने तयारी भएको जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031