काठमाडौ चैत्र १९ , केहि साता पछिनै नेपालीहरुको घर आँगनमा आउँदै गरेको नव वर्ष २०७३ नयाँ वर्षको पात्रो सरकारले नेपाल राजपत्रमा सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदाका दिनसमेत केही दिनअघि स्वीकृत गरेपछि बिहीबार दसैँसहित महत्वपूर्ण
चाडपर्वको सूची प्रकाशित गरेको हो । प्रकाशित सूचीअनुसार वर्ष २०७३मा बडादसैँ असोज २५ मा परेको छ भने २०७२ सालको चैतेदसैँसमेत २०७३ साल वैशाख ३ गते र २०७३ को चैतेदसैँ चैत २३ गते परेको छ । जस अनुसार हिन्दू धर्मावलम्बीले आगामी २०७३ सालमा तीनवटा दसैँ मनाउन पाउने भएका छन् ।
त्यस्तै राजपत्रको सूचीमा रामनवमी आगामी वैशाख ३, महावीर जयन्ती वैशाख ७, मातातीर्थ औँसी वैशाख, २४, अक्षय तृतीया वैशाख २७, बुद्ध जयन्ती, जेठ ८, गुरूपूर्णिमा साउन ४, नागपञ्चमी साउन २३, जनैपूर्णिमा भदौ २, कुसेऔँसी भदौ १६, ईन्द्रजात्रा भदौ ३०, हरितालिका तिज भदौ १९, ऋषिपञ्चमी– भदौ २१, घटस्थापना असोज १५, महाअष्टमी असोज २३, महानवमी असोज २४, विजयादशमी असोज २५ र कोजाग्रत पूर्णिमा असोज २९ मा परेका छन् । त्यस्तै कागतिहार कात्तिक १२, भाइटीका कात्तिक १६, छठ पर्व कात्तिक २१, बालाचतुर्दशी मङ्सिर १३, धान्यपूर्णिमा मङ्सिर २८, विवाह पञ्चमी मङ्सिर १९, शिवरात्रि फागुन १३, फागुपूर्णिमा फागुन २९ र ३०, घोडे जात्रा चैत १४ र रामनवमी चैत २३ गते परेको उल्लेख गरिएको छ ।