शुक्रबार, माघ २०, २०७९

यस्तो छ नमौलाउँदै ओइलाइएको सङगीत सर्जक यादवको दुखान्त कथा

देबेन्द्र केसी /नयाँ दिल्ली

दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दु:ख दे” !

FB_20160416_19_25_35_Saved_Picture
(मृगौलाको गम्भिर रोगी यादव न्यौपाने)

 हुन त जिन्दगी दुख , सुख ,हाँसो र आँशुको सँगम हो । जिन्दगीमा कसैले यात्राका पाईला चाल्छन त कसैले नियात्राका । कतै हाँस्दा हाँस्दै रुनु पर्छ त कतै रुँदा रुँदै हाँस्न । तर यहाँ यस्तो पात्रलाई म उठान गर्न खोज्दैछु जसको कथाले हजुरलाई न हाँस्न दिन्छ न रुन नै ।
नियतिको कठोर निर्णयको साक्षी बनिरहेका पाल्पाका ४५ बर्षिय यादव प्रसाद न्यौपानेको जिन्दगीमा सबै थियो कलाकारमा हुनु पर्ने सबै गुण ,एक साथी,अभिभावक,पति ,दाजुभाई , नातागोटा सबैमा हुनुपर्ने गुण खचाखच थिए। २०२८ साल ०३ महिना ०१ गते बुबा डिल्लीराज न्यौपाने र आमा टिकादेबी न्यौपानेको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका सुरेश जन्मैदेखी संगीतमा रुची राख्ने गर्नुहुन्थयो । आधुनिक गीत आफै सङकलन गरि गाँउका छिटफुट कार्यक्रममा स्वर तिखार्नु मानौ उहाँको बाल्यकाल थियो । आफ्नै गीतलाइ लाई जनमानस सम्म पुर्याउने धोको पुरा गर्न उहाँ चल्दै गरेको पढाई छोडेर मुग्लान पस्नु भयो ।

दिल्लीको टन्टलापुर  घाममा दस नंड्ग्रा खियाएर कामगर्ने अनि मध्यरात सम्म आधुनिक गीतको रियाज गर्ने गर्दागर्दै उहाँको संगीत प्रतिको लगाब अझै खारियो । आफुले पुरा पेट पनि खाना नखाएर बचेको पैसाले हारमोनियम अनि रिकर्डर किन्नुभयो । आफुले सड्कलन गरेको गित दिल्लीबाटै सार्वजनिक गर्ने अठोटका साथ दिल्लीको एक रेकर्डिड्ग स्टूडियो पुग्दा उहाँको भेट गृहजिल्ला जोर्ते निवासी पदमा भट्टराई सङग भयो । त्यो बेला सम्म अलि गलेको मुद्रामा देखिनुभएका यादव अलिकति मुस्कुराउनु भयो । त्यसपछि गायिका बन्ने स्ट्गल गर्दै गरेकी पदमालाई प्रवासको ठाँउमा रुची मिल्ने , हित्तचित्त मिल्ने,उमेर मिल्ने अनि गृहजिल्लाकै  भेटेपछि के नै चाहियो र पारिवारिक सहमतिमा उनिहरुको बिहे भयो । अनि बित्न थाले सुखका दिन   ।

FB_20160416_19_26_21_Saved_Picture
(छोरी आईसा)

नयाँ दिल्लीबाटै दुई जनाको स्वर रहेको परदेसी भन्ने एल्बम निकाले । घरमा लक्ष्मी रुपी छोरी जन्मिईन । सहोदर दाजु केबल न्यौपाने र प्रेम न्यौपानेको सहयोगमा एल्बमलाई नेपाली तथा भारतीय बजारमा जारी गर्ने दौडधुपमा लाग्दै हुनुहुन्थ्यो तर एक्कासी उहाँको पिठ्युँ र खुट्टा जोडतोडले दुख्न थाल्यो । त्यसका वाजुद पनि एल्बमको जरुरी काम भ्याएर पारिवारिक भेटघाटको लागि गृहजिल्ला पाल्पा पुग्दा तिहार आईरहेको थियो । पेनकिलर खाएर निको गराएको पिठ्यु र खुट्टा झन बेग्लै दुख्न थाले । घरमा खुट्टा मालीस गर्ने पेनकिलर खाने गर्दा पनि निकोनभएपछि पाल्पाको युनाईटेड मिसन हस्पिटलमा भर्ना हुनुभयो । उपचारको क्रममा मिसनको उपचारले काम नगरेपटि काठमाडौंको टिचिड्ग हस्पिटलमा आएपछि पो थाहा भो कि यादवको दुई ओटै मृगौला ९० प्रतिशत खराब भईसकेको भन्ने अचानक जानकारी पाएपछि मलिन अनुहार बनाउदै यादवले भन्नुभयो ।

त्यसपछि शुरु भो न्यौपाने परिवारको दुर्दशा । एकातिर कमाउने छोरा मृगौलाको गम्भिर रोगलागेर ओछ्यानमा अर्को तिर रातदिन गरेर कमाएको पैसाले पनि उपचार गर्न नपुगेर घरजग्गा नै बेच्नुपर्ने अवस्था । यसरी २ महिना  बस्दा घरमा भएको सबै पैसा सकियो । मेरै रोगको पिरले बुढी आमा र दुलही पनि बिमारी परे । अस्पतालले खानेकुरा बारेर खानु र हरेक महिना अस्पताल आउनु पर्छ भनेको छ । साथी भाईले सहयोग गरेको पैसाले अस्पताल जाने आउने गरेको छु । गला अवरुद्ध बनाउदै यादवका पिताजीले भने बिमार छोरालाई टुलुटुलु हेरेर आँशु बगाउन बाहेक मैले केहि गर्न सकिन छोराछोरीको काखमा ढुक्क सँग मर्न पाईन्छ कि भनेको तर सोच सोचमानैसिमित भयो । त्यस्तै मेरो मृगौला लगेर फेरेर बाँच्छ मेरो छोरो भने पिढीमा बसेकी बुढी आमाले आँशु खसाल्दै भन्नुभयो । त्यसो त यादव बिमारी भएको खवर सुनेर केहि बुद्धिजीवीले सहयोग पनि गर्नुभएको रहेछ । मलाई नमस्ते कोरिया परिवार पाल्पाले दिनेश श्रेष्ठ मार्फत, उदय कुँवर दाई र भाउजु शान्ति कुँवरले युकेबाट , रामजी सुबेदीको परिवार को तर्फबाट पोखराबाट , यान प्रसाद न्यौपानेले हरियाणाबाट, गाँउले भाई डेबिड ,रमेश र राधाकृष्णले कतारबाट र पशुपति सम्पर्क मञ्च अनि देबेन्द्र केसीले दिल्ली बाट मलाई सहयोग गर्नुभएको छ ।

 मृगौला फेर्नको लागि १० लाख लाग्छ भनेको छ । उपचारमा सहयोग हुन्छ कि भनेर बाख्रा पालेको बाख्रा चराउन जाँदा कयौपटक बेहोस भएर लडेँ के गरौ मेरो जिन्दगी आँखा भरि आँशु टिलपिल पार्दै यादवले पड्तिकारसंगको कुराकानी गर्दै गर्दा घर आइपुगेकी ११ बर्षिय छोरी आईसालाइ बिहान स्कुल जाँदा खाजा खान दिएको १० रुपैया साँझपनि उनको गोजीमा देख्दा पड्तिकारले आइसालाइ किन नानु खाजा खाएनौ भनेर एकाएक प्रश्न गर्दा उनले भनिन आजै सबै मासे भोली फेरी कल्ले दिन्छ र बाबालाई सन्चो छैन । हाम्रो बाबालाई अब कहिल्यै सन्चो हुन्नर उनको यस्तो भावुक सवाल सुनेर पड्तिकार आफैमा अवाक । यसवीचमानै मलाई सबैले सहयोग गरेर मृगौला सम्म फेर्न पाएपनि मँ बाँच्थेकि रु छोरी र आमाको अनुहार हेर्दा पिरले रातभरी सुत्न सक्दिन । एल्बम बजारमा आउन पाएन । आफुलाई सोच्दै नसोचेको बिमारीले थला पार्यो भनेर यादवले भक्कानिदै भनेको सुन्दा अनायास स्तम्भकारको हाम्रो देश का नेताहरु खोकी लाग्दा अमेरिका पुग्छन तर गंभीर समस्या बाट पिडित यादव जीता संगीत र्जिक भने छिन छिनमा बेहोस भएर लड्दै बाख्रा गोठालो गरिरहेका हुन्छन ।

फेरि पनि कुनै गुनासो छैन कसैप्रति छ त केवल धन्यवाद आफ्नो

WP_20160416_16_06_47_Proज्यान बचाउन एक एक रुपैया सहयोग गर्ने सम्पूर्ण सहयोगी हातलाई । के  तपाइ पनि यादवको पिडालाई नजिकबाट नियाल्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने उहाँको मोबाइल नंम्वर ००९७७९९८४७१०३५३८ मा सम्पर्क गर्न सक्नुहुन्छ यदि कसैले आर्थिक रूपमा सहयोग गर्न सहयोग गर्न चाहानुहुन्छ भनेपनि सम्पर्क गर्न सक्नुहुनेछ । सहयोगी दाताहरुले आफ्नो बिबरण र सहयोग रकम ००९१९८८००३५९४८८ मा टिपाउन सक्नुहुनेछ । हजुरले दिएको सानो सहयोग ले कसैको ज्यान बच्न सक्छ । अन्त्यमा नियतिको खुराफात भोग्नुभएका यादव जीको शीघ्र स्वास्थ्य लाभको लागि हाम्रो तर्फबाट पनि शुभकामना

कुराकानीमा आधारित