बिहिबार, चैत्र १६, २०७९

पत्रकार कुटपिट घटना विरुद्ध युनियन सडकमा

काठमाडौं चैत्र २९, नेपाल प्रेस युनियनले अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि चैत्र २८ गते विहान ११ वजे आइतवार नेपाल सरकारको केन्द्रीय प्रसासनिक निकाय सिंहदरवारमा प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको भत्र्सना गर्दै घटनामा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याई पिडित पत्रकार अधिकारीलाई उपचारको उचित व्यवस्था मिलाउन माग गरेको छ ।
press-statement-patrakar-andolitयुनियनका महासचिव अजयवावु शिवाकोटीद्दारा जाी प्रस विज्ञप्तिमा सामान्य प्रशासन मन्त्रालयमा भएको निजामती कर्मचारीहरुको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटोपत्रकार अधिकारीमाथि प्रहरीले गरेको आक्रमणको घटनाले प्रेस जगतमाथि राज्य र तिनका निकायहरुको व्यवहार अहिले पनि निरंकुश शैलीकै रहेको मात्र देखाएको छैन यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने प्रयास भएको उल्लेख गरेको छ ।
त्यस्तै विज्ञप्तिमा सूचना र सञ्चार नागरिकको अधिकार भएपनि सूचना र समाचार संकलनमा गएका श्रमजिवी पत्रकामाथि कुटपीट गर्ने अमानविय घटनाले पत्रकारिता क्षेत्र र नागरिकले सूचनामा पहुँच राख्न journalist-protestपाउने अधिकारप्रति सरकारको अनुदार अनुहार पनि उदाङगिएको जनाउँदै युनियनले फोटो पत्रकार अधिकारीमाथि भएको आक्रमण र कुटपीटको विरोधमा सडकमा उत्रिएको जनाएको छ ।
यसैवीच कठमाडौं युनियनले आज समाचार सङ्कलनका क्रममा प्रहरीले फोटो पत्रकार कविन अधिकारीमाथि कुटपिट गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज विारेध प्रदर्शन गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031