काठमाडौ चैत २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेलविरुद्ध आज विशेष अदालतमा हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा मुद्दा दायर गरेको छ ।
अधिकृत खरेललाइ वैदेशिक रोजगारसम्बन्धी विवादमा अनुसन्धानका लागि थुनामा रहेका एक व्यक्तिलाई मुद्दा मिलाइ थुनामुक्त गरिदिन्छु भनी रु एक लाख घुस लिँदै गरेको अवस्थामा केही समयअघि आयोगले पक्राउ गरेको जनाएको छ