बिहिबार, चैत्र १६, २०७९

आजबाट नयाँ वर्ष २०७३ सुरु, यत्रतत्र सर्वत्र शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौ बैशाख १, वैशाख १ गते अर्थात वर्ष २०७३ सुभारम्भको दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आजको दिन बिहानै स्नान गर्ने, घर, कोठा–आगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नेपाल लगायतका विक्रम संवत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी संवत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस दिन सार्वजनिक बिदा पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
त्यस्तै आजको दिन काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार अर्थात बागमती नदीको उद्गमस्थल , टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग निकाृ हुने जनविश्वास रहिआएको छ । यसै अवसरमा  वर्ष २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा www.kantipurhotline.com   न्यूज पोर्टलका आदरणीय पाठकवर्ग एवम् विज्ञापनदाताहरुमा  सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031