शुक्रबार, चैत्र १६, २०८०

७ प्रदेश काँग्रेस केन्द्रीय सदस्यको मतगणना आजबाट हुँदै

काठमाडौ फागुन २९, काँग्रेसको १३ औं महाधिवेशन अन्र्तगतको प्रदेश केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना आजबाट सुरु गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरिने जानकारी दिदै पार्टीको विधानबमोजिम ७ प्रदेशबाट दुई जनाका दरले १४ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, काँग्रेसकोप्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जनाले उम्मेदवारी दिएको जनाएको छ ।

त्यस्तै समितिले दैनिक बिहान १० बजेदेखि राति ८ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा जारी राखेको मतगणनाको क्रममा शुक्रबारसम्ममा निर्वाचनमा खसेका कुल ३ हजार १४८ मत मध्ये ९ सयको हाराहारीमा मत गनीसकेको जनाएको छ ।  जसमध्ये खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी त्यस्तै आरक्षणतर्फ छ जना महिला केन्द्रीय सदस्य पदका लागि ३८ जनाको उम्मेदवार र , आदिवासी जनजातितर्फ ३ केन्द्रीय सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ भने , आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२को उम्मेदवारी त्यस्तैगरि दलित ३ पदका लागि २०जनाको , दलित महिलातर्फ र्२ पदका लागि ५जनाको , मधेसी आरक्षणतर्फ ३ पदका लागि १५ र मधेसी महिला २ पदका लागि ९ै र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी रहेको जानकारी दिएको छ ।