शुक्रबार, बैशाख ७, २०८१

स्थापना दिवसको अवसरमा पत्रकारहरुद्वारा प्रभातफेरी

काठमाडौँ चैत १६, नेपाल पत्रकार महासङ्घले आज आफ्नो ६१औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आज बिहान प्रदर्शनीमार्गदेखि शान्तिवाटीका सम्म प्रभातफेरीको आयोजना गरको  छ    । प्रभातफेरी पछि आयोजित कोणसभामा बोल्दै महासङ्घका 12919890_10207380999314918_6102403720981189311_nअध्यक्ष डा महेन्द्र विष्टले मुलुकको सङ्घीय संरचनाअनुसार पत्रकार महासङ्घलाई अगाडि बढाउन महासङ्घले गृहकार्य गरिरहेको र आसन्न साधारणसभाबाट उक्त गृहकार्यलाइ पूर्णता दिइने बताउँनु भएको छ ।

त्यस्तै महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकमा भएका ठूला आन्दोलनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिकाको स्मरण गर्दै मुलुकमा स्थापना भएको संविधान र लोकतान्त्रिक मूल्य मान्यताको प्रभावकारिता आमजनतामाझ पुगेका छैनन् यसलाई आमजनतामा पु-याउने चुनौती नेपाली प्रेसजगत सामू हरेको बताउँनु भएको थियो ।

कोणसभा अघि आयोजित प्रचातफेरीले भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँसडक, वीर अस्पताल हुँदै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । महासङ्घकै स्थापना दिवस पारेर बुधवार दिउँसो ३ बजे पत्रकार र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829