बिहिबार, चैत्र १५, २०८०

सिंह र मानवद्दारा उम्मेदवारी घोषणा

  काठमाडौं फागुन १९, बिहीबारदेखि राजधानीमा सुरु हुने नेपाली काँग्रेसको सुरु हुँदै गरेको १३औँ महाधिवेशनका रौनतकता जति बढ्दो छ त्यतिनै अनुपातमा आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रमले पनि प्राथमिकता पाएको छ । महाधिवेशनको लागि पार्टी महामन्त्री कृष्ण 1000सिटौला नेतृत्वको प्यालनन घोषणा हुँदै गर्दा राजधानीको यत्रतत्र सर्वत्र पार्टीको विभिन्न तह र तप्काका लागि भन्दै उम्मेदवारी घोषणा गर्ने क्रममा काठमाडौं काँग्रेसको तर्फबाट महासमिति सदस्यद्दय प्रशान्त मान सिंहले खुला केन्द्रीय सदस्यमा र अरुण मानव (हारुण रसिद )ले मुस्लिम आरक्षणकोटामा आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

महासमिति सदस्य एवम् विश्व हिन्दूमहासंघ काठमाडौंका अध्यक्ष सिंहको उम्मेदवारी घोषणासभामा काँग्रेस केन्द्रीय सदस्य पुष्पा भूसाल, सांसदत्रय रामहरी खतिवडा, रमेश लेखक , डा .मिलेन्द्र रिजाल , काँग्रेस नेता डा प्रकाशरण महत, विश्वहिन्दू महासंघ राष्टिय समितिका अध्यक्ष डा रामचन्द्र अधिकारी , लोकतान्त्रिक नेवा खलका अध्यक्ष नेमसिंह नकर्मी दामोदर गौतमलगायतले शुभकामना सहित समर्थन जनाउँनु भएको थियो ।