बिहिबार, बैशाख १३, २०८१

सार्क मन्त्रिपरिषद्को बैठक आज ३२ वटा एजेन्डामा छलफल हुँने,प्रम ओली र भारतीय विदेशमन्त्री स्वराजवीच बुधवार राति विशेष भेटवार्ता

MG_0023
(फाइल फोटो )

  काठमाडौं चैत्र ४, बुधवार बसेको सार्क स्थायी समितिको बैठकले सार्कको ३७औँ मन्त्रिपरिषद् बैठकको लागि आवश्यक एजेन्दा तय गर्दै गरेको छ । सार्क सदस्य ८ वटै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित उक्त बैठकले मन्त्रिपरिषद् बैठकको लागि विभिन्न ३२ वटा एजेन्डामा छलफल भई भोलिको मन्त्रिपरिषद् बैठकका लागि प्रतिवेदन तयार गरिएको जानकारी बैठक पछि आयोजित पत्रकार सम्मेलनमा दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

सार्क राष्ट्रवीच अङगीकार गरिएको लक्ष्य अनुरुप कार्य सम्पालदन हुन् नसकेको स्वीकारोक्ति सहित सार्क स्थायी समितिको बैठकले आवश्यक कार्यनिती सहितको एजेन्दा तय गरेको हो । यसको अलावा बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषयमा छलफल भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।  यसैवीच आज हुँने मन्त्रिपरिषदको बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्री पोखरा पुगीसक्नु भएको बुझिएको छ । यसैक्रममा मन्त्रिपरिषद्को बैठकमा भाग लिन नेपाल आउँनु भएकी भारतीय विदेशमन्त्री स्वराज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधवार राति विशेष भेटवार्ता भएको छ ।  उहाँहरुबीच दुई देशबीचको आपसीहितका विषयमा कुराकानी भएको प्रम ओली निकट स्रोतले जनाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको  छ ।