बिहिबार, बैशाख १३, २०८१

सभापतिमा पौडेल र महामन्त्रीमा कोइरालाको उम्मेदवारी

काठमाडौ फागुन १९, नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी महामन्त्री  प्रकाशमान सिंहको प्रस्ताव एवम् केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतको समर्थन आज आफ्नो नेतृत्वमा केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले महामन्त्री र पदमा उम्मेदवारी दिनुभएको छ । काँग्रेस मुख्यालयमा आज आयोजित एक विशेष कार्यक्रमकावीच कावा सभापति पौडेलले काँग्रेसलाई नयाँ ऊर्जा दिन र पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिनुपरेको बताउनु भएको छ ।

घोषणा सभामा प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, शेखर कोइराला, आनन्द ढुंगाना, आमोद उपाध्याय, आफताव आलम, दिलबहादुर घर्ती, मीनेन्द्र रिजाल, बलबहादुर केसी, धनराज गुरुङ, मीना पाण्डे, कमला पन्त, जीवन परियार, रामचन्द्र तिवारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, कल्याण गुरुङ, महेन्द्र शर्मालगायतको उपस्थिति थियो ।