मङ्लबार, बैशाख ४, २०८१

सनराइज बचतकर्ता सामुहिक दुर्घटना बीमाको रकम भुक्तानी

काठमाडौं फागुन २७,  सनराइज बैकले आफ्ना बचत खाताका ग्राहकका लागि शिखर ईन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले cheque handover - final picव्यक्ति अशक्त भएमा रु. ५ लाखमा नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने बैकले जनाएको छ ।

यसैक्रममा प्रस्तुत बीमा व्यवस्था अनुरुप झापाको मेचीनगर न.पा वडा नं. १० बस्ने श्री कलाधर पोखे्रल घाइते भई उपचारको क्रममा निधन भएको थियो । “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतकको नाममा यस बंंैकको काकडभिट्टा शाखामा रहेको खाता नं. ०१३१००५४५६६०१८ मा रहेको निक्षेप रकम भुक्तानी मृतकको श्रीमती अम्वीका देवी लुईटेललाई बंंैकका नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको झापास्थित शाखा रहित बैंकिङ्ग सेवाको सुभारम्भसंगै दावी बीमाड्ढ रकम रु. २७४,२९२.०० रकमको चेक हस्तान्तरण गरिएको जनाएको छ ।