शनिबार, बैशाख ८, २०८१

विराटको पेट्रोल बिक्री बन्द गर्न सालेसको निर्देशन

काठमाडौ चैत्र ५,  व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको विहिवार बसेको बैठकले बजार मूल्यभन्दा बढीमा बिक्रीमा भइरहेको विराट पेट्रोलियमको पेट्रोल बिक्रीतितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । नेपाल आयल निगमले प्रतिलिटर रु ९९ मा पेट्रोल sarvajanik-lekha-samiti-baithakबिक्री गर्दै आएको भए पनि ‘यूरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले रु १३३ मा पेट्रोल बिक्री गर्दै नियमविपरित पेट्रोलियम पदार्थको कारोबार गर्नुको अलावा उपभोक्ता ठगेको गुनासो उपर जारी छानबिन प्रक्रिया टुङ्गो नलाग्दासम्म विराटको पेट्रोल बिक्री बन्द गर्न निर्देशन दिएको हो । त्यसो त बैठकमा बोल्ने सांसद् रामहरि खतिवडा, धनराज गुरुङ, लगायतले विराट पेट्रोलियमको पेट्रोल बिक्रीतितरणमा रोक मात्र नभइ विराट पेट्रोलियम खारेज गर्नुपर्ने अभिमत प्रकट गर्दै गर्दा आपूर्ति मन्त्री गणेशमान पुनले विराट पेट्रोलियमलाई अल्पकालीन रुपमा पेट्रोल बेच्ने अनुमति दिइएको भए पनि मन्त्रिपरिषद्मा लगेर खारेज गरिने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।