शनिबार, बैशाख ८, २०८१

लेखा तालिम सम्पन्न

बुधबारे फागुन २६, झापाको बुधबारेमा रहेको वरपीपल सहकारी संस्थाले आयोजना गरेको ३ दिने लेखा सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा सम्पन्न तालिमको सहजीकरण जिल्ला सहकारी संघ झापाका लेखा Captureसंयोजक भलकाजी कठेतले गरेका थिए ।

तालिममा संस्थाका करिव २ दर्जनको सहभागिता रहेको थियो । संस्थाका कार्यसमिति सदस्य अनिल वाग्लेले संञ्चालन गरेको कार्यक्रममा कुमारी प्रधान, गोविन्द ढुंगाना, गंगाराम राई, प्रमिला भट्टराई र सहकारीकर्मी भवकृण्ण न्यौपानेले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पौड्यालले कठेत र न्यौपानेलाई मायाको चिनो पनि प्रदान गरेका छन् ।