मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ होलीको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले दिनु भएको शुभकामना

संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु आजकोे आवश्यकता :  राष्ट्रपति

काठमाडौ चैत्र ९,  रङगको पर्व होलीको अवसरमा नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिनु भएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली bidhya-दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

त्यस्तै सन्देशमा राष्ट्रपति भण्डारील फागुपर्वले सबै नेपालीबीच सामाजिक एकता कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्दै चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै गरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि फागु पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण सिर्जना गर्ने सकोस भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।