शनिबार, बैशाख ८, २०८१

यस्तो छ काँग्रेसको खुल्ला र प्रदेश केन्द्रीय सदस्यको पछिल्लो मतपरिणाम

काँग्रेसको १३ औं महाधिवेशन अन्र्तगत खुल्ला र प्रदेश केन्द्रीय सदस्य नतिजा सोमवार

काठमाडौ फागुन ३०, नेपाली काँग्रेसमा १३ औ महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्य र प्रदेश केन्द्रीय सदस्यतर्फ को मतगणनामा जारी रहेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार खुला तर्फ २ हजार ७ सय ५० र प्रदेश तर्फ १ ४०० मतगणनाको क्रममा डा शेखर कोइराला १६१५, खुमबहादुर खड्का १६०८, प्रकाशमान सिंह १५७५, प्रदीप पौडेल १५०६, कुलबहादुर गुरुङ १५४७, प्रदीप गिरी १५०२, धनराज गुरुङ १४८९, बालकृष्ण खाँण १४८०, रमेश लेखक १४७९, पूर्णबहादुर खड्का १४७७, महेश आचार्य १४६५, nc-mahadhibeshan-harekpalवलबहादुर केसी १४६३, विमलेन्द्र निधि १४५४, डा रामशरण महत १४२५ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।  त्यस्तैगरि सुजाता कोइराला १४१६, विश्वप्रकाश शर्मा १४१३, शङ्कर भण्डारी १३५४, एनपी साउद १३४३, बद्री पाण्डे १३१९, गोपालमान श्रेष्ठ १३०८, ज्ञानेन्द्रबहादुर कार्की १३००, डा प्रकाशशरण महत १२९२, डा नारायण खड्का १२७९, चन्द्र भण्डारी १२९५, डा मीनेन्द्र रिजालले १२६१ म्त प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।  

त्यस्तै प्रदेशतर्फको प्राप्त पछिल्लो परिणाम अनुसार आज साँझसम्म १ हजार ४०० मतगणना गर्दा क्रमस प्रदेश नं १ बाट गुरुराज घिमिरे ६०३ र भीष्मराज आङ्देम्बे ५३७ मत प्राप्त गर्नु भएको छ भने प्रदेश नं २ बाट आनन्दप्रसाद ढुङ्गाना ६५६ र रमेश रिजाल ६३४ मत र प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी ५७३ र मोहनबहादुर बस्नेत ४७९ मत प्राप्त गनुृ भएको थाहा भएको छ ।  त्यस्तै, प्रदेश नं ४ बाट गोविन्द भट्टराई ५४९ र सुरेन्द्रराज पाण्डले ५५५ मत र प्रदेश नं ५ बाट दीपक गिरी ६५८ र देवेन्द्रराज कँणेल ५६७ मत प्राप्त गरेको छ भने प्रदेश नं ६ बाट हृदयराम थानी ७३६ र जीवनबहादुर साही ६६६ र प्रदेश नं ७ बाट दीलेन्द्रप्रसाद बडू ७१५ र वीरबहादुर बलायर ६२३ मतप्राप्त गरेको निर्वाचन समिति जनाउँदै समितिले सोमवार साँझ सम्ममा बाँकी रहेको मतगणना सकिने जनाएको छ ।