मङ्लबार, बैशाख ११, २०८१

महासंघले ६१औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाउँने

काठमाडौं चैत्र ८, नेपाल पत्रकार महासंघको आज बसेको सचिवालय बैठकले महासंघको आगामी चैत्र १६ गते ६१औं स्थापना दिवस विविध FNJ-logo-300x2461कार्यक्रम सहित भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।  महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार महासंघ केन्द्रीय समितिले चैत १६ गते विहान ७ः०० बजे भृकुटीमण्डपबाट प्रभातफेरी सहित शान्तिवाटिकामा कोणसभा सहित समापन अलावा चैत १७ गते नेपाल महासंघ र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल खेल्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

त्यस्तैगरि बैठकले महासंघको संस्थागत पुनर्संरचनाका लागि, विधान, महासंघको सांगठनीक ढाँचा बारे छलफलसँगै शाखाले अन्य रचनात्मक कार्यक्रम समेत तय गरी स्थापना दिवस मनाउन आव्हान गरेको छ ।