बुधबार, बैशाख १२, २०८१

महासंघको केन्द्रीय साधारण सभाकालागि ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन

भरतपुर  चैत१८,  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी बैशाख २१ र २२ गते चितवनमा गर्ने निर्णयको चितवन शाखाले FNJ-logo-300x2461स्वागत गर्दै केन्द्रीय समितिलाई धन्यवाद व्यक्त गरेको छ । महासंघको धुलिखेलमा सम्पन्न सातौं पूर्ण बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा सम्पन्न गर्न शाखाले अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा महासंघको कार्यसमिति, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, छिमेकी जिल्लाका शाखा अध्यक्ष र पत्रकारहरु रहेका छन् ।

साधारण सभामा देशभरका करिब १६०० पत्रकारहरुको सहभागिता रहनेछ । साधारणसभालाई भव्यताका साथ सम्पन्न गर्न चितवन शाखाले आवश्यक काम अगाडि बढाइसकिएको अध्यक्ष पोखरेलले जानकारी दिए । आवश्यकताअनुसार स्थानीय आयोजक समिति र अन्य उपसमितिहरू गठन गरिने उनले बताए । सम्पूर्ण केन्द्रीय प्रतिनिधिलाई साधारणसभाका लागि तोकिएको स्थानमा भाग लिने व्यवस्था गराउने भूमिकासम्बन्धमा बैठकमा छलफल भएको थियो ।