शुक्रबार, बैशाख १४, २०८१

महानगरपालिकाले बिहीबारबाट बालबालिकालाई चार दिने भिटामिन ए खुवाउँने

काठमाडौ फागुन १९,  काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि महानगरपालिकाको कामपा अन्र्तगतका ३५ वडामा ३५ वटा केन्द्रमार्फत महानगरभित्रका बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउँने तयारी गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा  प्रमुख हरि श्रेष्ठका अनुसार जन्मेको ६ महिना देखि ५९ महिनासम्मको बालबालिकाका लागि भिटामिन ‘ए’ जुकाको औषधि खुवाउ लागिएको जानकारी दिनुभएको छ ।

त्यस्तै महाशाखा प्रमुख श्रेष्ठका अनुसार खोपकेन्द्रमा आएका सबै बालबालिकामा कुपोषण अवस्था समेत जाँच गर्दै आवश्यक पारमर्श दिदै प्रस्तुत कार्यक्रम २०, २१, २२ र २३ गतेसम्म सञ्चालन हुने जानकारी दिनु भएको छ ।