बुधबार, बैशाख १२, २०८१

महाधिवेशनमा सहभागी प्रतिनीधीहरुका लागि मान्साहारी भोजन

काठमाडौ फागुन १९,   विहीवारबाट  सुरु हुँने नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई प्रतिनीधिहरुलाइ भोजन तथा आवास व्यवस्थापन समितिले माछामासुसहितको खाना खुवाउने भएको छ । समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार congressसम्मेलन गरी दिएको जानकारी अनुसार रु १ करोड ३ लाख ८६ हजार २५० को अनुमानित बजेटमा सहभागी सम्पूर्ण प्रतिनीधीलाइ मान्साहारी  भोजन गराउँने तयारी भएको संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभएको हो ।

त्यस्तै संयोजक केसीले मान्साहारी र साहकारी दुवै भोजनको व्यवस्था गरिएको  र  आफु अनुकुल चाहनाअनुसार खानपान गर्न सकिने जनाउँदै आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको जानकारी दिनु भएको छ । त्यस्तै महाधिवेशन अवधीभरका लासग   राजधानीका विभिन्न क्षेत्रमा रहेका १२७ वटा होटलमा व्यवस्था गरिएको जानकारी दिनु भएको छ ।