बिहिबार, बैशाख १३, २०८१

मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल चैत ३० देखि

काठमाडौ चैत १८, आगामी चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय 57फुटबल प्रतियोगिताको आयोजना हुँने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा आयोजना हुँने प्रस्तुत प्रतियोगितामा नेपालका ए डिभिजनका १० फुटबल टोली र दुई विदेशी गरी १२ टोलीको सहभागिता रहने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कास्की जिल्ला फुटबल सङ्घलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार ए डिभिजन अन्र्तगत थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, झापा ११, धरान ११, रुपन्देही ११, सिमरा, पोखरा तथा बङ्गलादेश र भारतका १÷१ टोली रहने उल्लेख गरिएको छ ।  त्यस्तै समाचारमा मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका विजेताले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५५ हजार ५५५ नगद , पदक र सिल्ड प्रदान गरिने बताईएको छ ।